गृहपृष्ठ ‘शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ’

‘शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ’

‘शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ’

गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशिल ढङ्गबाट काम गरिरहेको बताएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उल्लेख गरे । उनले भने, “सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालयले गम्भीर र संवेदशनशील  ढङ्गबाट काम गरिरहेको छ ।”

आफूले गृहमन्त्रीका रुपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरु भएको जानकारी गराए । “यहाँहरुको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरुबाट शान्तिसुरक्षा, सेवाप्रवाह, विपद् व्यवस्थापनलगायत विषयमा सुधारका लागि व्यक्त गरेका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ”, मन्त्री लेखकले भने ।

नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकहरु संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

मन्त्री लेखकले भने, “विपत् व्यवस्थापनमा मनसुनजन्य विपत् एवं भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणले लय समातेको छ, नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारलगायत लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्नेगरी कानुन कार्यान्वयनमा गृह मन्त्रालयअन्तर्गका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको छ ।”

राष्ट्रियसभाको शून्य समयमा सांसद सुरेशकुमार आले मगरले भूतपूर्व गोर्खा सैनिकहरुको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गरे । उनले भने, “भूतपूर्व गोर्खा सैनिकहरुको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने कुराहरु भइरहेको छ, सायद कानुन पनि सोहीअनुरुप बनेको छ, तर भूतपूर्वहरु वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, त्यसैले यो विषयलाई सम्वोधन गरियोस् ।”

भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन र तलब समान भए पनि वंशजको नागरिकता पाउने विषय कार्यान्वयन नभएको भनाइ छ । उहाँले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि पोखरासम्मको सडक निर्माणमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराए । “पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड समयमै सम्पन्न नहुँदा त्यो बाटो भएर ओहोरदोहोर गर्ने गर्ने यात्रुहरुले सास्ती भोग्नुपरेको छ, यसबारेमा सरकारले चासो देखायोस्”, उनले भने ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु