global ime bank Long Banner Ad

गृहपृष्ठ स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।

उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो।

पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका-३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए।

पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन्।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु