global ime bank Long Banner Ad

गृहपृष्ठ ‘धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र’

‘धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र’

‘धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको बताएका छन ।

धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहुसांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्वपूण नगरको रुपमा रहेको बताए । उनले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“यस्ता धार्मिक पर्यटकीयस्थलको प्रबद्र्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ”, उनले भने । उक्त धर्मशाला तीन करोड १५ लाखको लागतमा निर्माण गरिएको बताइएको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु