गृहपृष्ठ म्यानमारबाट पाँच नेपालीको उद्धार
म्यानमारबाट पाँच नेपालीको उद्धार
This image shows the Embassy of Nepal in Bangkok, Thailand, in February, 2017. Photo courtesy: Binit Shrestha
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको जानकारी दिएको छ। दूतावासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल फर्काएको जनाएको हो।
उद्धार गरी नेपाल फर्काइएका पाँचजनामा चार पुरुष र एक महिला छन्।
‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँचजनालाई आज (फागुन ९) गतेका दिन नेपाल फर्काइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित समय : १६:५४ बजे





















