global ime bank Long Banner Ad

गृहपृष्ठ मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ ।

एसआईटीको अनुसन्धानले हेमा समितिको प्रतिवेदन आउनु अघि अभिनेत्री रेवती संपतले शारीरिक दुर्ब्याहारको कुरा गरेको खुलेको छ । तर, सिद्दिकीले आफू फिल्म उद्योगमा चर्चित नभएकाले कसैले पत्यार नलाग्ने भन्दै धम्की दिएको पनि उल्लेख गरिएको छ । जानकारहरूका अनुसार एसआईटीको अनुसन्धानको यो प्रतिवेदन छिट्टै अदालतमा पेश गर्ने तयारी भइरहेको छ । तर त्यसअघि टोली अपराध शाखाबाट ग्रिन सिग्नलको पर्खाइमा छ ।

समाचार अनुसार सन २०१६ मा भएको घटनापछि अभिनेत्रीले कोच्चिमा मेडिकल मद्दत मागेकी थिइन्, त्यो बेला बयान दिन अस्विकार गरे पनि अहिले भने उनको उपचार गर्ने डाक्टरले अहिले बयान दिएका छन् ।

गत वर्ष नोभेम्बरमा सिद्दिकीले यस मुद्दामा अदालतबाट अग्रिम जमानत पाएका थिए। अदालतले यस मुद्दामा गलत उजुरी गर्ने अभिनेत्रीलाई फेला पारेको जनाएको थियो। अदालतले भन्यो, ‘तपाईंले सामाजिक सञ्जालमा ८ वर्ष पुरानो मुद्दाको कुरा गर्नुभयो तर प्रहरीमा भने किन जानुभएन ?’ अदालतले भनेको छ कि उजुरीकर्ताले १४ जना विरुद्ध यौन शोषणको आरोप लगाएर २०१८ मा फेसबुकमा पोस्ट गरेको थिइन । तैपनि केरला सरकारले गठित हेमा समितिलाई आफ्नो गुनासो लिएर उनी पुगेकी थिइनन ।

यस मामिलामा सिद्दिकीको कानुनी टोलीले अभिनेत्रीको पोस्टको आधारमा सिद्दिकीलाई अभियुक्त बनाइएको बताएको छ, अभिनेत्रीले उक्त पोस्टमा कतै पनि अभिनेताको नाम भने उल्लेख गरेकी थिइनन।

मलयालम अभिनेत्री रेवती सम्पथले करिब ८ वर्षअघि २०१६ मा अभिनेता सिद्दिकीले एक फिल्मको सिलसिलामा मस्कट होटलमा बोलाएको उजुरीमा पछि आरोप लगाएकी थिइन् । उनी भेट्न आएकी थिइन्, जहाँ उनीमाथि बलात्कार भएको भनिएको छ । जो पछि उजुरी गरेकी हुन् ।

अर्कोतर्फ, सिद्दीकी र उनका वकिलले भने अभिनेत्रीले आफ्नो छवि बिगार्नका लागि मात्रै आरोप लगाएको बताउँदै आएका छन् । रेवतीले आरोप लगाए पछि सिद्दिकीले प्रहरी महानिर्देशकसमक्ष उजुरी दिएका थिए । र, उनले सन् २०१६ मा रेवती सम्पातलाई उनका अभिभावकको उपस्थितिमासमेत भेटेका थिए ।

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु