global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

“स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गदै उनले शुभकामना सन्देशमा भनेको छ, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।”

फागुन ७ को जगमा टेकेर आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ सन्देशमा भनिएको छ । आआफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनीतिक दल होमिनुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गरेको ।

प्रकाशित समय : ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु