global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने

परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने

परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने

परराष्ट्र मामिलाका जानकारहरुले देशको परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड दिएका छन् ।

जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए ।

छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने, “नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिप्रेक्ष्यबारे चर्चा गर्दै इतिहासमा नेपालले परराष्ट्र सम्बन्धमा धेरै उतारचढाव देखेको छ ।” उहाँले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपालले परराष्ट्र नीतिमा गर्नुपर्ने परिमार्जनबारे सुझाव दिए । उनले विगतका अनुभवबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्ने धारणा राखे ।

परराष्ट्रविद् इन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याए । नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।

पत्रकार तथा विश्लेषक तुलानारायण साहले सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेकोे बताए । सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमाङ्कन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्ने उहाँको सुझाव छ । उक्त सत्रका सहजीकरण अनिल गिरीले गरेको थियो ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु