global ime bank Long Banner Ad

गृहपृष्ठ एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ ।

युवायुवतीलाई निःशुल्क रूपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । “आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गछौं”, उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरोजगार हुन चाहने युवाका लागि तालिम सञ्चालन भइरहेको छ ।”

१५ दिने दुनाटपरी तालिम, १५ दिने चटाई बुनाई, सात दिने ग्यास चुलो तथा प्रेसर कुकर मर्मत, दुई महिने मोटरसाइकल मर्मत, दुई महिने फर्निचरसम्बन्धी तालिम सञ्चालन भइरहेका छन् ।

यसैगरी महिलालाई लक्षित गरी सात दिने फुट मसाज र एक महिने अटो ड्राइभिङ तालिम पनि सञ्चालन गरिने छन् । प्रत्येक तालिममा २० जनाका दरले सहभागी गराइने छ । अठार वर्षमाथिका युवालाई तालिममा समावेश गरिने उनले जानकारी दिए ।

दैनिक छ घण्टाका दरले तालिम दिने व्यवस्था गरिएको छ । “व्यावसायिक तालिम नहँदा युवाले अदक्ष कामदारका रूपमा काम गर्दा थोरै मात्रै ज्याला पाउने गरेका छन्”, नगर प्रमुख रणबहादुर महराले भने, “तालिम लिएर दक्ष भएपछि युवाको ज्याला बढी पाउँछन्, आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्छन् ।”

विशेष गरी युवाले स्वदेशमै कार्य गरी आयआर्जन गरून् भन्ने ध्येयले तालिम सञ्चालन गरिन लागेको जानकारी दिनुहुँदै उहाँले तालिम लिएका युवालाई आवश्यक औजारको व्यवस्थासँगै व्यवसाय सञ्चालन गर्नका लागि पुँजीको व्यवस्था गर्न वित्तीय संस्थाहरूसँग समन्वय गराउने कार्य पनि गरिने बताए ।

तालिम लिएर लघु उद्यम गर्नेहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले उल्लेख गरे । युवालाई विदेश जानबाट रोकेर स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने कार्यमा तालिमले सहयोग गर्ने अपेक्षा गरिएको नगर प्रमुख महराको भर्ना रहेको छ ।

प्रकाशित समय : ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु