गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बिहीबार बैठकमा सरकारले ल्याएको अध्यादेश लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
माघ १८ गते सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरेको ६ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदैछ। कांग्रेस संसदीय दलको बैठकले अध्यादेश स्वीका गर्ने पक्षमा मत दिन ह्वीप लगाउने सम्भावना छ।
प्रकाशित समय : १०:१९ बजे



















