गृहपृष्ठ राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुने जनाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सभा समक्ष पेस गर्नेछन भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसुची रहेको छ ।

त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ । जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

 

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु