global ime bank Long Banner Ad

गृहपृष्ठ वीरेन्द्रनगरमा एचपीभी खोप अभियान सुरु

वीरेन्द्रनगरमा एचपीभी खोप अभियान सुरु

वीरेन्द्रनगरमा एचपीभी खोप अभियान सुरु

सुर्खेतको वीरेन्द्रनगरमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप अभियान सुरु भएको छ । आगामी फागुन ६ सम्म सञ्चालन हुने अभियानको बुधबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सुभारम्भ गरेकी हुन् ।

अभियानअन्तर्गत सुर्खेतमा २५ हजार पाँच सय१७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइने छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने नौ देखि १४ वर्षका किशोरीहरूलाई उक्त खोप लगाउन लागिएको हो । जसमा २४ हजार नौ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालयबाहिर रहेका किशोरी रहेका छन् ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु