गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

आजबाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ । जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसुची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

जसअनुसार सभामुख देवराज घिमिरेले अधिवेसन आब्हान सबन्ध राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन भने उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्बजनिक गर्नेछन भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तब्य राख्ने क्रम सुरू हुनेछ ।

साथै, सुशाषन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

उता, आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, र भुमी सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

प्रकाशित समय : ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु