पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
वि.सं.२०८१ माघ १६ बुधवार १६:२०
shares

एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा साविक विजेताले नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफका लागि साविता राना मगरले २ तथा अनु लामा र सरु लिम्बुले १–१ गोल गरिन् ।
खेलको ६३औं मिनेटमा सविता राना मगरले एपीएफको लागि पहिलो गोल गरिन् । ६८औं मिनेटमा सरु लिम्बुले गोल गरिन् ।
८३औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन् । इन्जुरी समयमा अनुले एपीएफका लागि चौथो गोल गरिन् ।
यससँगै एपीएफले १० लाख रुपैयाँ र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
























