global ime bank Long Banner Ad

गृहपृष्ठ थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोष्ट –गुर्जुधारा  – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्नुहुँदै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले  सजिलो हुने अपेक्षा व्यक्त गरे। उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु