global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कप क्रिकेटः  एपिएफ विजयी

प्रधानमन्त्री कप क्रिकेटः  एपिएफ विजयी

प्रधानमन्त्री कप क्रिकेटः  एपिएफ विजयी

प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सुपर फोरको खेलमा एपिएफ क्लब विजयी भएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले  बागमती प्रदेशलाई १० विकेटले पराजित ग¥यो । जितसँगै  एपिएफ फाइनल नजिक पुगेको छ । जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले छ दशमलव पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥र्यो । त्यसमा ममता चौधरी अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा आठ विकेटको क्षतिमा ४२ मात्रै जोड्न सक्यो । हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । बलिङमा एपिएफका सुमन विष्टले तीन, रेखा रावल र विनु बुढाले २÷२ विकेट हात पारिन । सुमन प्लेयर अफ द म्याचसमेत चुनिइन ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको  हो । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले  तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५÷२५ हजार  पुरस्कार दिइनेछ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु