global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट

नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट

नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट

आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

हिजो अर्थात बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु