गृहपृष्ठ कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज (सोमबार)देखि सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा तीनवटा महत्वपूर्ण विधेयक दर्ता भइसकेकाले त्यसमाथि छलफल हुने जनाएको छ ।
कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ दर्ता भएका छन् ।
प्रकाशित समय : १२:२४ बजे