global ime bank Long Banner Ad

गृहपृष्ठ अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन ।

अध्यक्ष प्रचण्डले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन ।

सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्नेसमेत बताए ।

आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु