global ime bank Long Banner Ad

गृहपृष्ठ टस हारेर ब्याटिङ गर्दै नेपाल

टस हारेर ब्याटिङ गर्दै नेपाल

टस हारेर ब्याटिङ गर्दै नेपाल

आइसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिइन ।

विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ । नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु