global ime bank Long Banner Ad

गृहपृष्ठ चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्नरकिराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला  ‘ फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा  चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि  रहेका थिए ।

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि –१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो ।  साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।  नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।

दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार  सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नं ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यबस्तु मिसावट गरेको नभेटिएको  चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।

संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा  नं ८ भित्र सञ्चालित केही खानेपानी उद्योगहरुमा  आकस्मिक अनुगमन  गरेको  थियो । यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो । अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्टगरेको जनाइएको छ ।

प्रकाशित समय : ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु