global ime bank Long Banner Ad

गृहपृष्ठ ‘जातीय विविधतालाई जोगाउनु हाम्रो कर्तव्य हो ’

‘जातीय विविधतालाई जोगाउनु हाम्रो कर्तव्य हो ’

‘जातीय विविधतालाई जोगाउनु हाम्रो कर्तव्य हो ’ pDd]baf/ dgf]gogkq kl5 sf7df8f}F, @& r}t M /fli6o;efdf l/Qm pkfWoIf kbsf] lgjf{rsf nflu dËnaf/ cfcfˆgf] dgf]gogkq btf{kl5 g]skf -Pdfn]_sf pDd]baf/ ljdnf l3ld/] / g]sfsf pDd]baf/ lji0f'b]jL k'8f;}gL . tl:a/ M /Tg >]i7÷/f;;

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा मुलुकका विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन ।आज जारी शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको बीचमा वन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्तगरेका हुन ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो, नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको छ”, सन्देशमा भनिएको छ, “त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्, हाम्रा संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सकेमात्र नेपालीपनको रक्षा गर्न सकिन्छ ।”

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व छ । थारू समुदायले माघीलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

सन्देशमा भनिएको छ, “सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरूले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वका माध्यमबाट नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको छु ।”

मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्तिलाई तरुल, चाकु र तील तथा खिचडी आदि विभिन्न परिकार बनाएर खाने दिनका रूपमा पनि लिइन्छ ।

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु