गृहपृष्ठ आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ : अर्थमन्त्री पौडेल
आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।
अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए। “पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने।
वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू सुरू भइसकेको उल्लेख गरे। मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।
राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा राजेन्द्रप्रसाद चयन हुनुभएको छ । सङ्गठनको आज सम्पन्न चौथो महाधिवेशन तथा निर्वाचनले सापकोटाको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको पर्यटन उपत्यका विशेष जिल्ला कमिटीका सदस्य विनोद सापकोटाले जानकारी दिए।
यस्तै, सङ्गठनको वरिष्ठ उपाध्यक्षमा यमबहादुर खड्का पाँच उपाध्यक्षमा लिलाबहादुर लामा, गोपालबहादुर बम, चीरञ्जीवी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई, महासचिवमा रामबहादुर खड्का निर्वाचित भएका छन ।
यसैगरी, दुई उपमहासचिवमा प्रदीप आचार्य र दीपक दाहाल र छ सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लीराम शर्मा अधिकारी, भुवनबहादुर पाण्डे र बलराम सुवेदी र कोषाध्यक्षमा विक्रम बाडे चयन भएका छन् । यस्तै बाँकी सदस्यपनि चयन गरेको छ ।
प्रकाशित समय : २०:५७ बजे