गृहपृष्ठ मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

पूर्व प्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज हुदैँछ । भारतको गृह मन्त्रालयका अनुसार शनिबार अर्थात २८ डिसेम्बर २०२४मा दिल्लीको निगमबोध घाटमा बिहान ११ः ४५ बजे उनको अन्तिम संस्कार गरिने छ।

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी ९अखिल भारतीय कांग्रेस कमिटी० को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन ।

उता, पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ

प्रकाशित समय : ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु