गृहपृष्ठ व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो ।
त्यही जग्गामा दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेको छ । तरकारी बेचेको पैशाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आएको छ ।
स्वामित्वको आठ कठ्ठा जग्गामा पाँच वटा प्लाष्टिकका टनेल निर्माण गरी तरकारी खेती गर्दै आएको छ । प्लाष्टिक टनेलमा उहाँले बढी फल्ने जातका गोलभेडा रोपेको छ । टनेल बाहिरको बारीमा बन्दागोभी, काउली, मुला, धनियाँ, खुर्सानी, भण्टा, प्याज, तिते करेला रोप्नुभएको छ । तरकारी खेती भने उहाँले पुरै आफनै लगानीमा भने गरेको होइन ।
नगरपालिका कार्यालयबाट व्यवसायीक तरकारी खेती गर्नका लागि साउदले रु तीन लाख अनुदान रकम पाएको छ । तीन लाख अनुदान वाफत पाएको रकम र त्यसमा तीन लाख आफनातर्फबाट थप गरी तरकारी खेतीलाई अगाडी बढाउदै आएको छ ।
तरकारी खेतीका लागि लगानी गरिएको रकमबाट बीउजिन खरिद, प्लाष्टिक टनेल निर्माण, गोडमेल र जोताईका लागि मिनी टिलर खरिद गर्नुका साथै सिँचाइका लागि बोरिङ जडानकार्य गरेका छन् । व्यवसायीक खेती गर्ने किसानका लागि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर साउदले तरकारी उत्पादन गर्ने तौर तरिका सिकेका छन ।
गत वर्ष तरकारी खेती गर्नका लागि नौलो अनुभव हुँदा खर्च कटाएर दुई लाख जतिको कमाई गरेका यस वर्ष लौका र काँक्रा बिक्री गरि ४० हजार जतिको आम्दानी गरेको छ ।
टनेलमा उत्पादन भएको गोलभेँडा मात्रै १० हजार जतिको बिक्री भएको भनाइ रहेको छ । “बारीमा तरकारी बेच्नका लागि तयार हुँदैछ” “गत वर्ष परीक्षणमै बित्यो, यस वर्ष तीन लाखदेखि पाँच लाखसम्मको हाराहारीमा तरकारी उत्पादन हुने अनुमान गरेका छौँ ।”
जति मिहिनेत गरेपनि धान, गहुँलगायतको अन्न चाहे जस्तो उत्पादन नहँदा वर्ष भरी खान पुग्दैनथ्यो । बाह्य क्षेत्रबाट खरिद गर्नु पर्ने बाध्यता थियो ।
तरकारी उत्पादनकार्य हुन थालेपछि घर खर्चसँगै वर्ष भरी खान पुग्ने अन्नको जोहो तरकारी बिक्री गरी आएको रकमबाट धानिदै आएको छ ।
बारीमा उत्पादीत तरकारी बेच्नका लागि झन्झट नभएको उल्लेख गर्नु हुँदै उहाँले स्थानीय तरकारी व्यापारीले आएर बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको बताुए। व्यापारी नआउको बेला आफैँपनि बजार क्षेत्रमा तरकारी पुरयार बेच्ने गरेको बताए । वडा अध्यक्ष नवल सिंह राना साउदलाई मिहिनेती किसानका रुपमा चिनिने । व्यवसायीक कार्य गर्ने पौरखी किसान भएकाले अनुदानको रकम उपलव्ध गराइएको उनको भनाइ रहेको छ ।
व्यवसायीककार्य किसानलाई प्रोत्साहीत गर्नका लागि मागअनुसारका आयआर्जनका कार्यक्रम सञ्चालन गर्न तत्पर रहेको बताए ।
“किसानलाई व्यवसायीक तालिम, अनुदानका कार्यक्रममा संलग्न गराउनका लागि कार्य गरी रहेका छौँ,” उनले भने, “वडाकै पहलमा केही किसान केरा खेती, माछापालन, तरकारी खेतीमा संलग्न छन्, मौसमी आलु खेती गर्ने किसानलाई बेमौसमी आलु खेती गर्न अनुदानमा बीउ उपलव्ध गराइएपछि वर्षमा दुई पटक आलुको उत्पादन गरी आम्दानी लिन सक्षम भएका छन् ।”
प्रकाशित समय : ०६:०५ बजे

















