global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

पत्रकार महासङ्घ हुम्लाको अध्यक्षमा रावत

नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष भएको हो ।

वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिए ।

यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद् प्रतिनिधिमा मोतिलाल महतारा चयन भएको छ ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु