गृहपृष्ठ दक्षिण कोरियाली राष्ट्रपति माथी दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाली राष्ट्रपति माथी दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाली राष्ट्रपति माथी दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई महाभियोग लगाउन नयाँ प्रस्ताव पेस गरेका छन् ।

दक्षिण कोरियाको संसदका ६ विपक्षी दलले राष्ट्रपति युन सुक येओललाई मार्शल लको घोषणा गरेकोमा महाभियोग लगाउन फेरी नयाँ संयुक्त प्रस्ताव पेश गरेका हुन् ।

कोरियाको संसदमा बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र ५ साना विपक्षी दलले संयुक्त रूपमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । बिपक्षी दलले सम्भवतः शनिबार नै महाअभियोग प्रस्तावलाई मतदानमा लैजाने जनाएका छन् ।

युनको डिसेम्बर ३ मा लगाएको ‘मार्शल ल घोषणा’ले त्यहाँको राजनीतिमा अराजकता र ठूला विरोध प्रदर्शन भइरहेका छन् ।

गत साता पनि उनी माथी महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर, बिपक्षीलाइ आवाश्यक पर्ने ८ मत अपुग भए पछि सो महाअभियोग संसदवाट पारित हुन सकेको थिएन ।

यो पटक महाअभियोगमा सत्तारूढ दलका सांसदले पनि मतदान गर्ने बिपक्षीहरूले जनाएका छन् ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु