गृहपृष्ठ पर्सामा बयान सकिएपछि प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो

पर्सामा बयान सकिएपछि प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो

पर्सामा बयान सकिएपछि प्रहरीले रवि लामिछानेलाई फेरि पोखरा पुर्‍यायो

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याएको छ । पर्सामा बयान सकिएपछि लामिछानेलाई आज काठमाडौं विमानस्थल हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ ।

सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ गरेर पोखरा पुर्‍याइएका लामिछानेसँग प्रहरीले कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सामा बयान लिइसकेको छ । लामिछानेमाथि सहकारी ठगीसहित सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु