global ime bank Long Banner Ad

गृहपृष्ठ अफ्रिकामा फ्रान्सको आधिपत्य कमजोर हुदैँ, चाडबाट पनि सेना फर्कायो

अफ्रिकामा फ्रान्सको आधिपत्य कमजोर हुदैँ, चाडबाट पनि सेना फर्कायो

अफ्रिकामा फ्रान्सको आधिपत्य कमजोर हुदैँ, चाडबाट पनि सेना फर्कायो

अफ्रिकी मुलुक क्रमशः फ्रान्स ‘नवउपनिवेश’ बाट मुक्त हुने क्रम जारी रहेको छ ।

अफ्रिकी मुलुक चाडको राजधानी एनुजामेनामा रहेको दुई युद्धक विमान छाडेर त्यहाँवाट आफ्नो सेना फिर्ता गर्न सुरु गरेको छ ।

फ्रान्सेली सेनाले चाडले पेरिससँगको रक्षा सहयोग सम्झौता अन्त्य गरेको दुई हप्ता सेना फिर्ता गर्ने निर्णय लिएको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

तर पश्चिमा मिडियाले भने चाड सरकारले यस क्षेत्रमा इस्लामवादी लडाकुहरू विरुद्धको लडाईमा पश्चिमको सहयोगी ९नोभेम्बर २८० देशसँग रक्षा सहयोग सम्झौता समाप्त गरेको उल्लेख गरेका छन् ।

फिर्ताको सर्त कुनै पनि फ्रान्सेली सेनाहरू मध्य अफ्रिकी देशमा पूर्ण रूपमा रहने वा छैनन् भन्ने कुरामा सहमति हुन बाँकी छ, तर मंगलबार पहिलो लटमा युद्धक विमानहरू पूर्वी फ्रान्समा आफ्नो आधार क्षेत्रमा फर्किएका छन्।

‘यसले एजडुमनामा राखिएको फ्रान्सेली उपकरण फिर्ताको सुरुवात हो,’ सेनाका प्रवक्ता कर्नल गुइलाउम भेर्नेटले भने । उनका अनुसार दुई सैन्य लडाकु विमान भने चाडमा नै छाडेका छन, फिर्ता ल्याइएको छैन् ।

फ्रान्सले माली, बुर्किना फासो र नाइजरबाट ती पश्चिम अफ्रिकी देशहरूमा सैनिक विद्रोह र फ्रान्सेली विरोधी भावना फैलाएपछि आफ्ना सैनिकहरूलाई यसअघि नै फिर्ता गरिसकेको छ।

चाडबाट फिर्तासँगै सो क्षेत्रमा दशकौं देखिको फ्रान्सेली सैन्य उपस्थितिको अन्त्य गर्नेछ । र, त्यहाँ इस्लामवादी लडाकुहरू विरुद्ध प्रत्यक्ष फ्रान्सेली सैन्य अपरेशन पनि समाप्त हुनेछ।

चाडमा अझै पनि करिब फ्रान्सका १ हजार सेना कार्यरत रहेका छन्। भेर्नेटले भने कि ‘क्यालेन्डर ड्र्याडाउन’ गर्नका लागि दुई देशहरूलाई अन्तिम रूप दिन अझै धेरै हप्ता लाग्नेछ। पेरिसले आफ्नो रक्षा सहयोग समाप्त गर्ने चाडको निर्णयको अग्रिम सूचना प्राप्त गरेको कुनै संकेत थिएन यद्यपि राष्ट्रपति इमानुएल म्याक्रोनका लागि फ्रान्सेली राजदूतले गत महिना फ्रान्सले चाड, ग्याबोन र आइभरी कोस्टमा आफ्नो सैन्य उपस्थिति कसरी घटाउन सक्छ भन्ने प्रस्ताव समावेश गरेको प्रतिवेदन बुझाएका थिए ।

धेरै बिश्लेषकहरूका अनुसार अफ्रिकी मुलुकमा फ्रान्स भन्दा पनि अहिले रूसको प्रभुत्व बढीरहेको छ । स्थानिय अफ्रिकनहरू रूसको झन्डा बोकेर निरन्तर फ्रान्सको बिरोध गरिरहेको भिडियो फुटेजहरू असंख्य मात्रामा देखिन थालेका छन् ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु