global ime bank Long Banner Ad

गृहपृष्ठ आज देखी नेकपा एसको स्थायी कमिटी बैठक

आज देखी नेकपा एसको स्थायी कमिटी बैठक

आज देखी नेकपा एसको स्थायी कमिटी बैठक

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजबाट सुरू हुदैँछ ।

पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू हुने बैठक भोलीसम्म जारी रहनेछ ।

पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रिय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन ।

अब यो बैठकले प्राथमिकतामा सो अजेन्डा राख्नेछ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु