गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकले रेडिसन होटलमा १० प्रतिशत देखि २० छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले रेडिसन होटलमा १० प्रतिशत देखि २० छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले रेडिसन होटलमा १० प्रतिशत देखि २० छुट पाउने

एन आई सी एशिया बैंक र रेडिसन होटल काठमाडौंबीच बैंकका ग्राहकहरुलाई होटलका विभिन्न सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १० प्रतिशत देखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरुमा छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम एक हजार रुपैयाँको खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु