global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

नेपाल प्रिमियर लिग (एनपिएल) को टोली जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डष्ट्रीलाई डेकोर पार्टनरमा अनुबन्धित गरेको छ ।

एनपिएल शनिबारदेखि सुरु हुँदै छ । यसबाट क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाइल्सले जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरका रुपमा अनुबन्धित गरेको हो । जनकपुर बोल्ट्सका परिचालन प्रमुख नीरज खतिवडा र नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले आज एक समारोहबीच उक्त सम्झौतापत्र आदनप्रदान गरे ।

जनकपुर बोल्ट्सका परिचालन प्रमुख खतिवडाले भने– “नेपोभिट टाइल्सलाई हाम्रो डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।”

यस्तै नेपोभिट टाइल्सका अध्यक्ष झाले नेपोभिट टाइल्सलाई जनकपुर बोल्ट्ससँग जोड्न पाउनु सम्मानको कुरा भएको बताए । “जसरी नेपोभिटले परिष्कृतताका साथ ठाउँहरू वृद्धि गर्दछ, त्यसरी नै हामी टोलीको सफलताको यात्रालाई बढाउने आशा गर्दछौँ”, उनले भने । बाराको जितपुरमा २०७९ सालमा स्थापित नेपोभिट टाइल्सले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल्स उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु