काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तीनजना युवा भाषा वैज्ञानिक पुरस्कृत

1.79K
shares

भाषा विज्ञान नेपालको ४५औं अन्तर्राष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरु ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएको छ ।

दर्शनाचार्य–विद्यावारिधी (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरु मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएको हो । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु विश्वविद्यालयका विद्यार्थी हुन् ।

यही मङ्सिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतिकरणको आधारमा उहाँहरुलाई नगद १० हजार, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत गरिएको हो ।

‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले अवार्ड प्राप्त भएको हो । त्यस्तै ‘बहुभाषिक कक्षाकोठमा सिकाइमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रुपात्मक तथा वर्णनात्मक प्रेरणार्थक सङ्केतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतिकरणको आधारमा गर्गले आवार्ड पाएको त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागका उपप्राध्यपक एवं कार्यक्रम आयोजक भाषा विज्ञान समाज नेपालका महासचिव डा. तारामणी राईले बताए ।

हरेक वर्षको अङ्ग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउने गरेका छन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरुले पाउने गरेको महासचिव डा. राईले बताए ।

डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भिमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिको सिफारिसका आधार अवार्ड वितरण गरेको हो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायत लगायत १० देशका भाषा वैज्ञानिकहरुको सहभागिता रहेको महासचिव डा राईले बताए ।