global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो

प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो

प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो

बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ ।

साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु