गृहपृष्ठ रवि लामिछाने थप १५ दिन हिरासतमा
रवि लामिछाने थप १५ दिन हिरासतमा
सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले उहाँलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकामा उक्त म्याद शुक्रबार सकिएपछि आज अदालत उपस्थित गराइएको थियो । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेको थियो ।
प्रकाशित समय : १५:३० बजे


















