global ime bank Long Banner Ad

गृहपृष्ठ एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग

व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।

क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनले बताए । गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु