global ime bank Long Banner Ad

गृहपृष्ठ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै

‘हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।

उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर माइतीघर मण्डलादेखि भृकुटीमण्डपसम्म ¥याली आयोजना गर्न लागेको छ । मङ्सिर १० गतेदेखि सुरु हुन लागेको अभियानका लागि मन्त्रालयले विगतमा जस्तै चेतनामूलक कार्यक्रममा जोड दिएको मन्त्रालयका लैङ्गिक हिंसा निवारण सम्र्पक व्यक्ति ममता विष्टले बताए ।

विष्टका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनको लागि १० लाख बजेट छुट्टाइएको छ । मन्त्रालयले प्रदेशमा भएका विभिन्न सांसदसँग हिंसाविरुद्धको जनचेतनामूलक अभियानमाथि छलफल गर्ने, सम्बन्धित सङ्घसंस्थासँग अभियानमा सहकार्य गर्ने, शिक्षा मन्त्रालयमार्फत विद्यालयमा हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको जानकारी दिए ।

“जनचेतना अभिवृद्धि गर्ने बुक लेट निकाल्ने कार्यसमेत हुँदैछ”, विष्टले भने, “यो हिंसाविरुद्धको अभियान हो । त्यसैले हरेक दिन केही न केही जनचेतनामूलक कार्य गरिरहने तालिका छ ।”  विगतमा जस्तै अभियानकै रुपमा मन्त्रालयले १६ दिने कार्यक्रम निरन्तरता दिइहरेकोछ बताए ।

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस ९नोभेम्बर–२५० मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु