global ime bank Long Banner Ad

गृहपृष्ठ छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

भारतको छत्तीसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको छ ।

भिडन्तमा १० नक्सलवादी मारिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सुरक्षा बलले घटनास्थलबाट तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद गरेको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार बिहान नक्सलवादीहरूसँग भिडन्त भएको थियो । सिपाहीहरूले धेरै नक्सलवादीहरू ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचना पाएका थिए । डीआरजीको टोली नक्सलवादीहरूलाई घेरा हाल्न निस्किएको थियो । दुवैतर्फबाट सयौं राउण्ड गोली हानाहान भएको बताइएको छ ।

यो भिडन्त कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदरको जंगल पहाडमा भएको थियो । सेनाले उक्त क्षेत्रमा खोजी अभियान चलाएको थियो। खोजी अभियानका क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए । सैनिकहरूले पनि जवाफी कारबाही गरेका थिए । लामो समयसम्म दुवै पक्षबाट गोली हानाहान भएको थियो ।

यसअघि दक्षिण बस्तर, गरियाबन्द र कांकेरमा पनि सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको थियो। नोभेम्बर १६ मा छत्तीसगढको अबुझमद जंगलमा नक्सल र प्रहरीबीच भिडन्त भएको थियो । यस अवधिमा पाँच नक्सलवादी मारिए । जसमा सुरक्षा बलले ४० लाख रुपैयाँ पुरस्कार राखिएका नक्सलवादी मारिएका रिपोर्टमा उल्लेख छ ।

 

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु