global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै

नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

एमालेले जागरण सभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने बताएको छ ।

कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो जागरण सभा गरेको बताएको छ ।

एमालेको र्यालीका कारण काठमाडौंको दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

 

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु