global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै

तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै

तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै

पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि एक अर्ब ४० करोड ५९ लाख ८० हजार विनियोजन भएको छ ।

तनहुँको दासढुङ्गा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु