global ime bank Long Banner Ad

गृहपृष्ठ पन्ध्र सदस्यीय एमाले प्रमण्डल चीन प्रस्थान

पन्ध्र सदस्यीय एमाले प्रमण्डल चीन प्रस्थान

पन्ध्र सदस्यीय एमाले प्रमण्डल चीन प्रस्थान

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।

प्रमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी मङ्सिर ६ गते स्वदेश फर्कनेछ । प्रमण्डललाई रक्षामन्त्री मानवीर राई, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु