global ime bank Long Banner Ad

गृहपृष्ठ एनपीएलको फ्रेन्चाईज टोली कर्णाली याक्सद्वारा जर्सी सार्वजनिक

एनपीएलको फ्रेन्चाईज टोली कर्णाली याक्सद्वारा जर्सी सार्वजनिक

एनपीएलको फ्रेन्चाईज टोली कर्णाली याक्सद्वारा जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली कर्णाली याक्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।

नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता पूर्ण बहादुर खड्काको समेत उपस्थितिमा टिमका मार्की प्लेयर सोमपाल कामी, मुख्य प्रशिक्षक तथा टिम डिरेक्टर ज्ञानेन्द्र मल्ल, फेस अफ दि कर्णाली याक्स स्वस्तिमा खड्काले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका थिए ।

जर्सीमा कर्णालीको प्रतिनिधित्व गर्ने हिमाल र संस्कृति समेटिएको छ भने याकको सांकेतिक तस्बिर पनि छ । निलो रङको जर्सीमा पहेँलो रङ मिलाएर जर्सी तयार पारिएको छ । कार्यक्रममा मार्की खेलाडी सोमपाललाई उनले लगाउने १० नम्बर जर्सी पनि प्रदान गरिएको थियो ।

मार्की खेलाडी सोमपालले आफूले खेल्न सुरु गर्दा यो लेभलमा लिग हुन्छ भनेर सपना देखेको र अहिले आएर पूरा हुन लागेको देख्दा खुसी लागेको बताए । सोमपालले कर्णाली याक्स टिम सन्तुलित रहेको र राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा लिग खेल्न आफू उत्साहित रहेको पनि बताए ।

सोमपालले एनपीएलले विगतको भन्दा ठूलो लिग हुन लागेको र यसबाट नयाँ खेलाडीहरू पनि आउने अपेक्षा व्यक्त गरे । यस्तै कर्णाली याक्स टिम सन्तुलित रहेको र लिगमा राम्रो प्रदर्शन गर्ने बताए ।

नेता पूर्णबहादुर खड्काले आफू युवा तथा खेलकुद संस्कृति मन्त्री हुँदा २६ वर्षअघि टीयू मैदानमा जिटिभीले प्रतियोगिता आयोजना गरेको स्मरण गर्दै अहिले एनपीएल सम्म आइपुग्दा नेपाल क्रिकेटको विकास भएको बताए ।

उनले क्यान सचिव पारस लगायतले मिलेर सरकार र व्यवसायीसँग मिलेर क्रिकेटलाई राम्रो गराउन लागेको भन्दै सबैको सबैको एकताबाट नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा जित्न सक्ने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल नेपाली क्रिकेटमा सुरुवात रहेको र लिगलाई भविष्यमा काठमाडौं बाहिर पनि आयोजना गर्ने गरी योजना रहेको बताए ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु