global ime bank Long Banner Ad

गृहपृष्ठ बढ्न थाल्यो जाडो

बढ्न थाल्यो जाडो

बढ्न थाल्यो जाडो

मंसिर महिना प्रारम्भ हुन एक साता बाँकी नै छ, तर काठमाडौं उपत्यका लगायत अधिकांश पहाडी भूभागमा बिहान–बेलुका चिसो अनुभव गर्न थालिएको छ ।

तराईमा पनि बिहान र बेलुका चिसो हुन थालिसकेको छ । मंसिर लागेसंगै चिसोको मात्रा अझ बढ्ने निश्चित छ ।

कतिपय स्थानमा अहिले नै हिमपात हुन थालेका समाचारहरु सार्वजनिक भैसकेका छन् । चिसो बढ्दै जाँदा जनजीवनसमेत प्रभावित हुन थाल्छ ।

चिसो मौसममा विरामी तथा ज्येष्ठ नागरिकहरुलाई हृदयाघात हुने सम्भावना बढी हुने मुटु रोग विशेषज्ञहरुको भनाइ छ ।

चिकित्सकहरुका अनुसार गर्मी महिनाको तुलनामा जाडो महिनामा मानिसहरुमा मुटु रोगसम्बन्धी जोखिम बढी रहन्छ ।

जाडोमा चिसोले रक्त नली र शरीरमा पार्ने प्रभावका कारण यस्तो समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु