global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण सुडानमा शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा शान्ति सैनिकहरूको अदलीबदली

संयुक्त राष्ट्र संघको दक्षिण सुडानस्थित मिसनमा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ। कार्यकाल सम्पन्न गरेका सैनिकहरू स्वदेश फिर्ता भई सेनाको नयाँ टोलीलाई त्यहाँ पठाइएको हो।

दक्षिण सुडानको मिसनमा तैनाथ रहन मंगलबार ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फालाई त्यसतर्फ पठाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा १५० जना नेपाली सेनाको टोली संयुक्त राष्ट्र संघको चार्टर विमानमार्फत मिसन ईलकातर्फ प्रस्थान गरेको निर्देशनालयले जानकारी दिएको छ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु