गृहपृष्ठ एकैदिन सुनको मूल्य २ हजार ८ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?
एकैदिन सुनको मूल्य २ हजार ८ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?
Gold-Janaboli
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सयमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजारमा कारोबार भएको थियो जुन अहिलेसम्मकै महँगो हो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २१ रुपैयाँले घटेको छ । चाँदीको मूल्य दुई हजार ३० तोकेको छ ।
प्रकाशित समय : १६:१७ बजे



















