गृहपृष्ठ आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन
आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन
आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो।
न्यूनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
प्रकाशित समय : १६:११ बजे



















