गृहपृष्ठ लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी
लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी
मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको मनविय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ ।
यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएको छ ।
दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्याउदा, दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्याएको जनाएको छ ।
सन् २०२३ अक्टोबर देखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।
सन् २०२३ अक्टोबर देखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्य देखि, इजरायलले आक्रमणको गति बढाउदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको स्रोतले जनाएको छ । ।
प्रकाशित समय : १६:०२ बजे



















