गृहपृष्ठ ३४ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ
३४ किलो गाँजासहित बाराबाट दुई जना पक्राउ

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही स्थान बस्ने ३५ वर्षीय सरोजप्रसाद यादव रहेका छन्।
वडा नम्बर ४ बस्ने हिरा महतोको गाई गोठभित्रबाट प्याकिङ गर्दै गरेको अवस्थामा प्रहरीले गाँजासहित दुवै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
प्रकाशित समय : १७:५७ बजे