global ime bank Long Banner Ad

गृहपृष्ठ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् ।

बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो । बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समुह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै समुह बी मा भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन ।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो ।

अब सेमिफाइनल खेल आइतबार हुने भएका छन् । आइतबार पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराहन्न साढे १ बजे दशरथ रंगशालामा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि हुने छ ।

प्रकाशित समय : २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु