global ime bank Long Banner Ad

गृहपृष्ठ स्कटल्याण्डका ब्याटिंग अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

स्कटल्याण्डका ब्याटिंग अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

स्कटल्याण्डका ब्याटिंग अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइजीहरुले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

यसैक्रममा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको हो ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ ।

स्कटल्याण्डका लागि १६ टी-२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८.२३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १४८.८० रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पुर्व खेलाडी ब्राड हजलाई मेन्टरको रुपमा यसअघि नै अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

 

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु