global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको दाबी

सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको दाबी

सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको दाबी

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दू राष्ट्र स्वाभीमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार संस्कृतिमन्त्री बद्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आराध्यदेव पशुपतिनाथ क्षेत्र र त्यसअन्तर्गतको जग्गाजमिन ईसाईहरुका लागि दिइएकोमा फिर्ता गर्न माग गरेको छ ।

सर्वोच्च अदालतबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा ईसाईहरुलाई चिहान बनाउन दिएको तथा पशुपति मन्दिर परिसरभित्र बाइबल वितरण गर्न खोज्दा पनि कारबाही नभएको आरोप छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु